मुलुकमा कोरोना संक्रमित संख्या ६५९१ पुग्यो

काठमाडौं, २ असार । मुलुकमा पछिल्लो २४ घण्टायता थप ३५० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। मंगलबार १ सय १७ जना कोरोनाभाइरसको संक्रमणबाट निको भएका छन् । हाल सम्म निको हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ ।