सुदूरपश्चिममा एकै दिन ६८ जना कोरोना संक्रमण पुष्टि
धनगढी, १ असार । सुदूरपश्चिम प्रदेशमा एकै दिन ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा सोमबार पुष्टि भएको अहिले सम्मकै सबै भन्दा बढी संख्या रहेको बताइएको छ ।
बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।













