बन्दाबन्दी भएको ८४औं (आज) देखि सरकारी कार्यालय खुल्ने

काठमाडौ, १ असार । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बढेसँगै बन्द भएका सरकारी कार्यालय सोमबारदेखि खुल्ने भएका छन् । २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई सिफ्टमा सञ्चालन हुने गरी सरकारी कार्यालय खुल्ने भएका हुन् ।

बैठकले १ असारदेखि बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । गत ११ चैतमा देश लकडाउन भएसँगै सरकारी कार्यालय बन्द भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय खोल्ने गरी कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार गरेको छ । बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।