मोटरसाईकल र साईकल ठोक्दि साईकल चालकको मृत्यु
धनगढी, ३२ जेठ । मोटरसाईकल र साईकल एक आपसमा ठोक्दिा एकजनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका ७ हुलाकी राजमार्गमा ग ७ प ७८३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकल चालक ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टका अनुसार ठक्करबाट गम्भीर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको जानकारी दिए ।
उनले दुर्घटनामा मोटरसाईकल चालक कैलारी ७ कै २० वर्षीय अमित चौधरी र २१ वर्षिय विष्णु चौधरी पनि घाइते भएका छन् । उनीहरुको सेती अस्पतालमा उपचार भईरहेको छ ।













