जमिन फिर्ता ल्याउन कूटनीतिक उपाय खोज्छौं : देउवा

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा सहयोग गरे जस्तै जमिन फिर्ता ल्याउनेमा पनि कूटनीतिक उपाय खोज्ने बताएका छन् ।

सरकारले जारी गरेको नयाँ नक्शा अनुसार नेपालको निशान छाप परिमार्जनको लागि संविधान संशोधन गर्नका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले संविधान संशोधनमा विपक्षी दलको तर्फबाट पूर्ण सहयोग रहने बताए।

“कालीनदीको पूर्वी भाग नेपालको हो भन्ने कुरा स्पष्ट छ। पार्टीको केन्द्रिय समितिको बैठकले पनि संशोधनको पक्षमा सहयोग गर्ने निर्णय गरेको छ। केन्द्रिय समिति र संसदीय दलले पूर्ण रूपमा समर्थन गरेको छ”, देउवाले भने।