कला संस्कृति संरक्षण समूहद्वारा खड्कालाई दश हजार सहयोग
कैलाली, ३१ जेठ । कला संस्कृति संरक्षण समूह डोटीले सेती अस्पतालमा उपचाररत योगेन्द्रबहादुर खड्काको उपचारको लागि रु दश हजार १०५ रुपैया सहयोग गरेको छ ।
समूहमा आबद्ध भएको व्यक्तिहरुबाट संकलित रकम सदस्य कर्णबहादुर बोगटीले अस्पतालमै गएर हस्तान्तरण गरेका थिए ।
वाटिकामा नयाँ फूल फुलाऔँ भन्ने आदर्श वाक्यका साथ वि.सं. २०६१ सालमा स्थापित संस्था कला संस्कृतिको क्षेत्रसंगै विभिनन सेवा मुलक काम गर्दै आएको उनले बताए ।
लोकराज पाठक, भोजराज ओझा गाङ्गी बलायर गणेशप्रसाद उपाध्याय, डिलबहादुर महरा, पदमराज उपाध्याय र कर्णबहादुर बोगटीबाट उठाएको पैसा खड्कालाई सहयोग गरेका हुन् ।
खडका २०६९ साल सुर्खेतमा भएको बस दुर्घनामा परि गम्भिर घाईते भएका हुन् । उनको कम्मर मूनिको पुरै भाग चल्न छोडेको संस्थाका संस्थापक अध्यक्ष तिर्थ जोशीले बताए ।













