पछिल्लो २४ घण्टामा ४ सय ४८ जना कोरोना संक्रमित थपिए
काठमाडौं, ३० जेठ । मुलुकमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जना कोभिड १९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् । हालसम्मकै सबै भन्दा धेरै संक्रमित शुक्रवार थपिएको उनले बताए ।
यससँगै मुलुकमा हालसम्म ५ हजार ६२ जना संक्रमित पुगेको र १६ जनाको मृत्यू भएको प्रवाक्ता गौतमले बताए ।













