कमैया प्रथा उन्मूलन समाजद्धारा मुक्त कमैया बस्तीमा राहत
हसुलिया, ३० जेठ । कमैया प्रथा उन्मूलन समाजले कैलारी गाउँपालिकाको वडा नम्बर ७ स्थित मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा खाद्यान्न सहयोग गरेका छन् ।
समाजले १३३ घरधुरीलाई प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक केजी नून, साबुन र सेनेटरी प्याड सहयोग गरेका साममाजिक परिचालक विनोद चौधरीले जानकारी दिए ।

सो राहत कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरीको हातबाट हस्तान्तरण गरिएको थियो । उनले राहत हस्तान्तरण गर्दै कोरोना भाईरस संक्रमण नियन्त्रणकोलागि सबै जना बन्दाबन्दीलाई पालन गरिदिन अनुरोध गरे ।
विश्व भरि फैलिएको महामारीका कारण मुलुकमा बन्दाबन्दी भएको ८१ औं दिनसम्म आई पुग्दा ज्याला मजदुरी गरि खाने वर्ग सबैभन्दा बढि समस्यामा परेकोको बताउदै यो बस्तीमा राहत सहयोग गरिदिएकोमा कमैया प्रथालाई धन्यबाद दिए ।

क्रिश्चयन एडको आर्थिक सहयोगमा कमैया प्रथा उन्मूदन समाजले कैलारी गाउँपालिका वडा नं. ७ स्थित मिलनपुर/विपतपुर मुक्त कमैया शिविर र जोशीपुर गाउँपालिका ३ रामनगर मुक्त कमैया शिविरमा दोस्रो चरण खाद्यन्न सहितको सामाग्री सहयोग गरेको समाजका अध्यक्ष बसन्ती चौधरीले बताईन् । उनले पहिलो चरणमा पनि खाद्यन्न वितरण गर्दा महिला मैत्री रहेको जानकारी दिईन् ।














