जिपको ठक्कर बाट आमा छोराको मृत्यु, २ जना घाइते

कैलाली, २७ जेठ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा जिपको ठक्कर बाट आमा छोराको मृत्यु भएको छ ।

पुर्ब बाट पश्चिम गईरहेको बा ८ च २१०० नम्बरको जिपले ठक्कर दिदा घोडाघाडी नगरपालिका १ जनकपुर बस्ने २६ बर्षिया सोनिया चौधरी र उनका ५ बर्षिया छोरा कृष्टन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका १० बस्ने ४५ बर्षिया डबल शाह र लम्की चुहा नगरपालिका १० बस्ने ४० बर्षिया जयन्द्र सुनार घाईते भएका छन् । जिप तीब्र गतिमा हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप र चालक दुबै प्रहरी नियन्त्रणमा छ ।