सामुहिक बलात्कार आरोपमा चार यूवा पक्राउ

कैलाली, २७ जेठ । कैलालीमा तीन जना किशोरीमाथि बलात्कार गरेको आरोपमा चार जना यूवा पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिकाका स्थित १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दिपक बुढा, १९ बर्षीय डम्बर ठकुल्ला र २० बर्षीय दिपक ठकुल्लालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो जमरा सिचाईको किनारमा १४ बर्षीय तीन किशोरीमाथि जवरजस्तीकरणी गरी फरार भएको रिर्पोट आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरि कैलाली जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी अनुसन्धान भईरहेको विष्टले बताए । उनले अन्य फरारको खोजी भईरहेको र पक्राउ पर्ने चारै जना जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।