कोरोना भाईरसबाट नेपालमा थप एकको मृत्यु, मृतक संख्या १४ पुग्यो

काठमाडौं, २६ जेठ । कोरोना भाईरस संक्रमणबाट पोखराका एक बृद्धको मृत्यू भएको छ । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भईरहेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

स्याङ्जाको वालिङ नगरपालिकाका ती संक्रमित बृद्धको मृत्यु भएको हो । यी संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो।

२२ जेठमा अस्पताल भर्ना भएका ती संक्रमितमा मिर्गौला, मधुमेह लगायत रोगका बिरामी थिए। यो सँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।