बेनौली बजारमा निर्माण गरिएको नालीको अनुगमन

कैलाली, २४ जेठ । कैलालीस्थित कैलारी गाउँपालिका–६ बेनौली बजारमा निर्माण भएको नालीको अनुगमन गरिएको छ ।

गाउँपालिकास्तरीय अनुगमन समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा गएको टोलीले नालीको अनुमन गरेको हो । बेनौली बजार क्षेत्रमा ढल निकासको लागि सो नाली निर्माण गरिएको छ ।

चुरे तराई मधेश समृद्धि नेपाल कायर् क्रमको २५ लाख र गाउँपालिकाको दुई लाख ५० हजार गरी साढे २७ लाख रुपैयाँ लगानीमा नाली निर्माण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चौधरीले जानकारी दिए । स्थानीय जनश्रमदानसहितको कुल लगानी ३० लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, अनुगमन टोलीले वडा नम्बर १ र २ मा सञ्चालन भइरहेको दुई महिने मोटरसाइकल मर्मत तालिमको पनि अनुगमन गरेको छ ।
अनुगमन टोलीमा सव–इञ्जिनीयर गोविन्द रोकाया, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायत सहभागी थिए ।