सुदूरपश्चिममा पाँच दिनसम्म थ्रोट स्वाव संकलन नहुने
धनगढी,२३ जेठ । सुदूरपश्चि प्रदेशमा स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिजको अभावमा पाँच दिनसम्म थ्रोट स्वाव संकलन स्थगित गरिएको छ ।
सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा अहिले ११०० स्वाब संकलन गरिएका छन्। दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ। प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै ५ दिनका संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
ूप्रयोगशालामा ११०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था छैन्। यिनीहरुलाई परीक्षण गराउन ४ दिन लाग्छ। त्यसैले ५ दिनसम्म संकलन गर्ने काम रोक्न भनेका छौं।ू निर्देशक डा। अवस्थीले भने। डिफ्रिजको क्षमता नहुँदा स्वाब बिग्रिने भन्दै ५ दिनका लागि रोकिएको उनले बताए।
भारतबाट आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ। तर, परिक्षण गर्ने बढी क्षमता नहुँदा समस्या भइरहेको उनको भनाई छ।













