एकैदिन थपिए कोरोनाका ३ सय ३४ संक्रमित, एकको मृत्यू

काठमाडौं, २२ जेठ । नेपालमा एकै दिन ३ सय ३४ जना कोरोनाभाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् भने एक जनाको मृत्यू भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३ सय ३४ जनामा कोभिड– १९ पोजेटिभ देखिएपछि नेपालका कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यस्तै मृत्यू हुनेको संख्या १० पुगेको छ । कोभिड– १९ निको भएर घर फर्किनेको संख्या भने २ सय ९० छ ।