नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो, ९ जनाको मृत्यू
काठमाडौं, २१ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) संक्रमितको संख्या २ हजार ३ सय पुगेका छन् भने ९ जनाको मृत्यू भएको छ ।
पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या २ हजार ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
नयाँ थपिएका संक्रमितमध्ये १७९ पुरुष र २२ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।













