कोरोना अपडेट : सुदूरपश्चिममा २७ जना थपिए, संक्रमितको संख्या ७३ पुग्यो

धनगढी, २० जेठ । सुदूरपश्चिममा आज २७ जना कोरोनाको संक्रमण थपिएका छन् । यो संगै सुदूरपश्चिममा संक्रममितको संख्या ७३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीमा मात्र थप १० जनामा कोरोनाको संक्रमण भेटिएको छ । त्यसैगरी कञ्चनपुरमा ८ सुर्खेतमा थ्रोट स्वावको नमूना परीक्षण गरिएका अछामको ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।

अछामको मेल्लेखका ८ र मंगलसेन नगरपालिकाका १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यसअघि हिजो कैलालीमा १४ जनामा कोरोनाको संक्रमण पाईएको थियो ।