प्रदेश सरकारको नीति तथा कार्यक्रम, कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता (पूर्णपाठ)
कैलाली, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने बताइएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममा सो नीति ल्याएको हो । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिईन् । उनले स्वादेश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिको रोजगारी अभिबृद्धि गरिने बताईन ।
प्रदेश प्रमुख पन्तले कोभिड १९ को महामारीपछि जारी लकडाउनले सुदूरपश्चिमको अर्थतन्त्रमा पारेको प्रभाव र भविष्यमा पर्न सक्ने असरको क्षति न्यूनीकरण तथा अर्थतन्त्र पुनउत्थानमा सहयोग पुग्ने कार्यक्रम गरिने बताइन् ।
नीति तथा कार्यक्रममा प्रदेश संघ र स्थानीय तहको साझेदारीमा प्रसुति १५ शैयाको प्रसुति केन्द्र र शहरी स्वास्थ्य केन्द्र निर्माण गर्न बताइएको छ । प्रदेश प्रमुख पन्तले स्वास्थ्य सेवा खाद्य सुरक्षा र आपुर्तिको प्रभावकारी व्यवास्था गरि जनतालाई रोगबाट बचाउँने र भोकबाट जोगाउने अभियान सञ्चालन गर्ने बताइएन् ।
एउटै सृष्टि समदृष्टिको मूल नारा सहित महिला हिंसा, छापडी प्रथा, बोक्सी प्रथा, जातिय विभेद उन्मूलनको लागिको सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने बताईन् । साथै गरिब असाय तथा पछाडी पारिएको वर्ग पीडित नागरिकलाई निशुल्क कानूनी सेवाको व्यवस्था गरिने बताईन ।
दुर्गम क्षेत्रका बासिन्द, दलित, महिला, जनजाती, शहिद, बेपत्ता परिवार, घाईते, अपांगता भएका व्यक्ति, सिमान्तकृत वर्ग, लोपउन्मूख वर्गका बालबालिकालाई शिक्षामा पहुच सुनिश्चित गर्न छात्रावृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्र प्रस्तुत भएको छ ।
प्रदेश प्रमुख पन्तले कोभिड १९ को महामारीपछि जारी लकडाउनले सुदूरपश्चिमको अर्थतन्त्रमा पारेको प्रभाव र भविष्यमा पर्न सक्ने असरको क्षति न्यूनीकरण तथा अर्थतन्त्र पुनउत्थानमा सहयोग पुग्ने कार्यक्रम गरिने बताइन् ।













