कैलालीमा १४ जनामा कोरोना संक्रमित थपिए

धनगढी, १९ जेठ । सोमबार सुदूरपश्चिममा सोमबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

थपिएका कोरोना संक्रमित मध्ये १४ जना कैलालीका रहेका सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो जारी गरेको प्रेस नोटका अनुसार कैलालीका ११ जना पुरुष र तीन जना महिलामा संक्रमण देखिएको जनाइएको छ ।

यस्तै अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनीहरु भारतबाट आएर क्वारिन्टनमा बसेको व्यक्तिहरु हुन् ।