भारतबाट फर्केका मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
बाँके, १९ जेठ । भारतबाट फर्केका मजदुरलाई सल्यान पु¥याउन हिँडेको बस बाँकेको अगैयामा दुर्घटना भएको छ । आइतबार राति रोकिराखेको ट्रकमा ठोक्किदा १२ जनाको मृत्यु भएको छ जनाइएको छ ।
प्रदेश नं. ५ प्रहरी प्रमुख एसएसपी राजकुमार बैदवारका अनुसार २१ जना घाइते रहेको जनाए । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । सबैको भेरी अस्पतालमा उपचार भइरहेको बताए ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित ठोरिया जंगलमा दुर्घटना भएको हो । बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी चामल लोड भएको ना ५ ख ५९९५ नम्बरको ट्रकमा पछाडीबाट ठोक्किएको बताइएको छ ।













