रुकुम घटनाको दोषीलाई कारबाहीको मागगर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी, १८ जेठ । रुकुम पश्चिम घटनाको दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज र जातिय संघसंस्थाले ज्ञापन पत्र बुझाएका छन् ।

आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन्द भट्टलाई घटनाको छानबिन दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका हुन् ।

ज्ञापन बुझाउदै आन्दोलनका अगुवा चक्र विकले जातको आधारमा कसैलाईपनि विभेद गर्न नपाईने कानून संविधानमा उल्लखित भएको स्मण गर्दै रुकुम पश्चिमको घटनाप्रति सरकार गम्भिर हुन आग्रह गरे । उनले सरकारलाई दोषीको तत्काल पहिचान गरि कानुनी कठघारामा ल्याउन अनुरोध गरे ।

मुख्यमन्त्री भट्टले घटनाको सम्बन्धमा संघिय सरकार छानबिन सुरु गरिसकेको बताए । उनले जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

दलित समुदायको सवालमा काम गर्दै आईरहेका जातिय संघसंस्थाका अगुवा तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारहरुको उपस्थिति रहोको थियो । धनगढीको चौराहबाट शुरु गरिएको र्याली मुख्यमन्त्री कार्यालय अगाडी नारा जुलुसका साथ ज्ञापन पत्र बुझाईको थियो ।