रुकुम घटना : हराएको सरकार खोज्न दलित पत्रकार संघले दिउँसै मैनबत्ति बाले

धनगढी, १७ जेठ । रुकुम घटनाको विरोधमा कैलालीमा दिउँसै बत्ति बालेर सरकारको खोजी गरेका छन् । पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाप्रति सरकारले देखाएको उदासिन पछि देशभरिका दलित समुदाय आन्दोलित भएका छ्न् ।


सोही आन्दोलनलाई समर्थन जनाउदै दोषीहरुलाइ कार्वाहीको माग सहित हराएको सरकार खोज्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदुर पश्चिम प्रदेश समितिका अध्यक्ष रमा भट्टराईले दिउँसै बत्ति बालेको बताईन् ।

उनले सरकार अध्यारोमा कहाँ छ उज्यालो यहाँ छ । सरकार अब त आँखा खोल भन्दै रुकुम घटना प्रति गम्भिर हुन अनुरोध गरिन् ।