बजेट भाषण : छात्रालाई सेनेटरी प्याड र मध्यामिक तहसम्मको शिक्षा निशुल्क
काठमाडौं, १५ जेठ । सरकारले सरकारी विद्यालयमा अध्यनरत छात्राहरुलाई मध्यामिक तह सम्मको शिक्षा र सेनेटरी प्याड निशुल्क गर्ने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा यसको लागि आवश्यक बजेट छुट्याएको बताए ।
अर्थमन्त्री खतिवडाले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताए । ६० वर्ष मुनिका एकल महिलाको सामाजिक सुरक्षा भत्ता काटिने चर्चाका बीच सरकारले आगामी आर्थिक वर्ष सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रम यथावत राख्ने भएको बताए ।
यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि भने करिब अर्ब रुपैयाँले बजेट विनियोजन भएको हो ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०७६ चैत २६ मा ६० वर्ष मुनिका एकल महिला र नीलो कार्ड प्राप्त अपाङ्गता भएकाको भत्ता स्थानीय तहलाई पत्र पठाएर सुबिधा कटौती गर्न भनेपछि एकल महिलाको क्षेत्रमा कार्यरत संस्थाहरुले विरोध गर्दै आएका थिए ।













