प्रहरीसंगै बास बसेका युवतिको लाश फेलापरेपछि प्रहरी जवान नियन्त्रणमा

डडेल्धुरा, १५ जेठ । डडेल्धुराको अमरगढी नगरपालिका ८ स्थित रातो गुराँस रिसोर्टमा एक युवति मृत फेला परेपछि हत्या आशंकामा डडेल्धुरा प्रहरीले एक प्रहरीलाई नियन्त्रणमा लिएको छ।

अमरगढी नगरपालिका की अन्दाजी २१ वर्षीया युवति बुधवार बिहान होटेल कोठाको बाथरुममा रहेको तारले झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

जेठ १३ गते अजयमेरु गाउँपालिका २, चमडा चौकीमा कार्यरत प्रहरी जवानसँगै होटेलमा बास बसेकी युवती बिहान मृत फेला परिन् ।

जवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुरामा अनुसन्धान भईरहेको प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।