सुदूरपश्चिममा कोरोना संक्रमित संख्या २१ पुग्यो, जसमा १४ जना भारतबाट आएका थिए
धनगढी, १५ जेठ । बिहिवार चार जना भारतबाट आएका पुरुषमा संक्रमण पष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित संख्या २१ पुगेको छ ।
बन्दाबन्दी भएको ६६औं दिनमा सुदूरपश्चिममा कोरोना संक्रमित संख्या २१ पुगेको हो ।
आज मात्रै पुष्टि भएका चार जनामा तीन जना भारतबाट फर्किएका हुन्। दार्चुलाका २१ बर्षीय संक्रमित धारचुला–दार्चुला नाकाबाट आएका थिए भने कैलालीका ३५ र ३० बर्षीय संक्रमित जेठ ३ गते त्रिनगर र खक्रौला नाकाबाट आएका थिए। बझाङका संक्रमितको ट्राभल हिस्ट्री खुलेको छैन्।
अहिलेसम्म २१ संक्रमित मध्ये १४ जना भारतबाट फर्किएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी कैलालीमा १० जना, बैतडीमा ५ जना, अछाममा २ जना, बझांग, डडेलधुरा, दार्चुला र क१चनपुरमा १र१ जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले प्रदेशमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्।













