कोरोना अपडेट : एकै दिन १५६ थपिएसंगै कुल संक्रमित संख्या १ हजार ४२ पुग्यो ५ जनाको मृत्यु (जिल्लागत विवरण सहित)

काठमाडौं, १५ जेठ । नेपालमा बिहीबार दिउसो १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । लकडाउन घोषणा गरिएको ६६औं दिनमा संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइट अनुसार संक्रमितमध्ये ५ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर फर्किनेको संख्या १८७ पुगेको छ । अन्य ८ सय ५० जना उपचाररत छन् ।

पछिल्लोपटक ललतिपुरका १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

१५६ नयाँ संक्रमितको जिल्लागत विवरण :

धनुषाका २९
झापाका २५
रौतहटका २०
महोत्तरीका १७
सप्तरीका १४
सुर्खेतका १३
दैलेखका ८
सर्लाहीका ७
सिरहाका ६
बर्दियाका ३
स्याङ्जाका ३
कैलालीका २
दोलखाका २
ललितपुरका १ (मृत्यु)
नवलपुरका १
सोलुखुम्बुका १
बझाङका १
दार्चुलाका १
मकवानपुरका १
बाँकेका १