क्वारेन्टाइन व्यवस्थापनका लागि सामाग्री सहयोग
हसुलिया, १५ जेठ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले क्वारेन्टाइन व्यवस्थापनका लागि कैलारी गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस नियन्त्रण अभियानमा सहयोग पु¥याउने उद्देश्यले रेडक्रसले क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामग्री गाउँपालिकालाई सहयोग गरेको हो । रेडक्रसका कार्यक्रम संयोजक कालीदास जोशीले आज गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीलाई सो सामग्री हस्तान्तरण गरे ।
रेडक्रसले मेट्रेस ५० मिटर, टारपाउलिन २५ थान, ब्ल्याङ्केट ५० थान, टर्च लाइट १० थान, झुल २५ थान सहयोग गरेको गाउँपालिका आइटी कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए । यसैगरी, प्लाष्टिक बाल्टिन २५ थान, सेनिटाइजर १० थान, मास्क १२५ थान, मग २५ थान, सेनिटरी प्याड १० प्याकेट, पञ्जा १०० थान र दन्त मञ्जन तथा पेस्ट १०० सेट सहयोग गरिएको छ ।
सहयोग सामग्री हस्तान्तरण अवसरमा रेडक्रसका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कोभिड–१९ विरुद्ध लडाइ लड्नका लागि गाउँपालिकालाई विभिन्न निकायले सहयोग गरिरहेका छन् ।













