‘सुधारिएको नक्सासंगै थरुहट आन्दोलनले उठाउँदै आएको धारापनि संशोधन होस्’

कैलाली, १४ जेठ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुले नेपालमा नयाँ नक्सा जारी गरेसंगै थरुहट आन्दोलनले उठाउँदै आएको माग मुद्धालाई समाबेस गरिएको संविधानमा उल्लेखित धारा उपधारा पनि संशोधन हुनुपर्ने बताए ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘संविधान संशोधन पसलमा बिक्रीहुने बस्तु होइन। थारुलगायत आदिबासिहरुको माग सम्बोधन खै ? झुठा मुद्धालगाइ, जेलमा कोचेर कसरी सम्भव छ राष्ट्रिय एकता ?’

संविधान संशोधनको बेला थारु लगायत आदिवासी जनजाति, मधेशी, मुस्लिम, महिला, पछाडी पारिएको वर्ग लगायतको समस्या समाधान हुनेगरी समस्या हाल गर्नु पर्ने मोर्चाको आग्रह छ ।