धानको वियाड राख्नामा सहयोगी भूमिका खेल्दै महिला (फोटो फिचर)

कैलाली, १४ जेठ । विश्वमै कोरोना महामारी फैलिएको बेला नेपालमा पनि उत्तिकै त्रास छ । देशमा बन्दाबन्दी भएको ६५ औं दिन वितिसकेको छ ।

नेपालमा कोरोना संक्रमित संख्या दिनप्रतिदिन दोब्बरको दरले बृद्धि भईरहेको बेला किसानहरु कोरोना तात्रको बावजुद वियाड राख्न थालेका छन् ।

जेठको दोस्रो सातामा कैलालीका किसानहरु बोरिंगको पानीले धानको वियाड राखिरहेका छन् । वियाड राख्नमा महिलाहरुको ठूलो भूमिका रहेको छ ।