एकैदिन ११४ जना संक्रमित थपिए, कुल संख्या ८८६ मृत्यू हुने ४ पुग्यो

काठमाडौं, १४ जेठ । नेपालमा एकै दिन ११४ जना कोरोनाभाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी सो तथ्यांकबारे जानकारी दिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने चार जनाको मृत्यू भएको जनाइएको छ ।

एकै दिनमा सयभन्दा बढी संक्रमित थपिएको आज पहिलोपटक हो । यसअघि मंगलवार ९० जना संक्रमित थपिएका थिए । कोरोनाभाइरस (कोभिड १९) का १८३ जना विरामी उपचार पछि सन्चो भएर घर फर्केका छन् ।

सबै भन्दाबढि बाँकेमा १५४ जना संक्रमित देखिएको छ । यस्तै कपिलबस्तुमा १०९, पर्सा ९५, रौतहट ६९, रुपन्देही ४४, बारा ३९, झापा र सर्लाहीमा ३५,/३५, उदयपुरमा ३३, काठमाडौमा १६, धनुषा, सप्तरी र सुर्खेटमा १५/१५, दैलेख र कैलालीमा ८/८, बर्दिया र धनकुटामा ७/७, चितवन, मोरंग र सिराहामा ६/६, बैतडी, दांग, महोत्तरी र नवलपरासीमा (पश्चिम) ५/५, गुल्मी र भक्तपुरमा ४/४, धाधिंग, नवलपरासी (पुर्वा), मकवानपुर, सुनसरीमा ३/३ जना संक्रमित देखिएको छ ।

यस्तै अछाम, अर्घखाची, बागलुंग, जुम्ला, स्यांजामा २/२ जना र भोजपुर, डडेलधुरा, कञ्चनपुर, काभ्रो, खोटांग, लमजुंग, नुवाकोट, रामेछाप, सिन्दुली, सिन्दुपालचोक, ललितपुरमा १/१ जना संक्रमित रहेका छन् ।