कोरोनाको त्राससंगै तरभुजको बजार (फोटो फिचर)

धनगढी, १२ जेठ । कैलालमा अत्याधिक गर्मी बढेपछि स्थानीय थारु महिलाहरु बेलगाडा (डल्लब) लिएर तरभुज बेच्न निस्केका छन् । धनगढी उपमहानगरपालिका स्थित पथरी नदीको बगरमा रोपिएको तरभुज बन्दाबन्दीको बेवास्ता गर्दै बिक्री वितरण गरिरहेका छन् । डल्लबमा बोकेर ल्याएको तरभुज दिनमा २५ देखि ३० क्यून्टल सम्म बच्ने गरेको उनी बताउछिन् । २० रुपैया केजीका दर काँक्रा र तरभुज विक्री गर्दै आएका छन् ।