महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानकर्षण : बन्दाबन्दीको बेला जोखिममा परेकाहरुको लागि टोल फ्रि नम्बरको माग

धनगढी, ११ जेठ । कोरोना भाइरस संक्रमणको कारण मुलुक बन्दाबन्दी भएको आज ६२ औं दिनमा कैलालीका महिला मानव अधिकार रक्षक सञ्चालले धनगढी उपमहानगर पालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कोरोना भाईसर संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि मुलुक बन्दाबन्दी छ तर यही बन्दाबन्दीको मौका छोपेर महिला तथा बालिकाहरु बढि हिंसाको जोखिमा परेकोले महिला मानव अधिकार रक्षक सञ्जालले सो ध्यानकर्षण पत्र बुझाएका हुन् । बन्दाबन्दीको बेला जोखिममा परेकाहरुको लागि टोल फ्रि नम्बरको माग समेत गरेका छन् ।

ध्यानकर्षण पत्रमा यो बेला महिला माथि हुने मानसिक शारीरिक तथा यौन जन्य हिंसाहरु भईरहेको उल्लेख गरिएको छ । प्राकृतिक प्रकोप वा विश्व महामारीको बेलापनि पितृसत्तात्मक विश्वमा महिला र बालिकाहरु सब भन्दा बढी प्रभावित हुने, हिंसाको शिकार हुने देखिएकोले अधिकारको क्षेत्रमा काम गर्नेहरु महिला हिँसा बिरुद्धको अभियान समेत चलाउदै आएका छन् ।

महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष निर्मला बाग्चन्दले जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकलाई मध्येनजर गर्दै महिलाहरु घर भित्र र बाहिर कही पनि सुरक्षित नभएको बताए । उनले सामुहिक बलात्कार, बलत्कार, बैबाहिक बलात्कार, आत्महत्या, आत्महत्याका दुरत्साहन, घरेलु हिसा जस्ता अपराधिक घट्नाहरु लकडाउनको अवधिमा तिबगतिले बढ्नु ठुलो चुनौती रहेको बताईन् ।

यो स्थितिलाई सहि किसिमले समाधान गर्न सके यसले कोरोना बिरुद्धको संघर्षलाई अझै व्यापक र मजबुद बनाउनुको सट्टा समाजमा रहेको विभेद अनि त्यसबाट उत्पन्न विभिन्न खाले हिंसाहरु समेतलाई सम्बोधन गर्नेछ भन्ने ठहर गर्दै हामी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला मानव अधिकार रक्षक संजालका सदस्यहरु स्थानिय सरकारसंग निम्न बमोजिम अपिल गरेको छ ।

१. सबै क्वारेन्टाइन स्थलहरुमा महिला र बालिकाको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै शौचालय र सेनेटरी प्याडको व्यवस्था, गर्भवती महीलाहरुलाई आइरन चक्की, भिटामिनहरु, सिटामोल, एवं नुहाउने ठाउँ र धारा पानी पोषण खानाको व्यवस्था गरियोस सबै ठाउको क्वारेन्टाइन व्यवस्थीत होस । नागरीक समाज र सघसस्थासंगको सहकार्यमा हरेक क्वारेन्टाइन स्थलमा मनो सामाजिक परामर्श कर्ताको व्यवस्था गरियोस ।

२. हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलाले फोन गर्दा २४ घण्टा नै प्रतिक्रिया दिने, कुरा सुन्ने सुझाब दिने व्यवस्था सहितको धनगढी उप महा नगरपालिकाबाट हट लाइन फोनको व्यवस्था गरियोस् ।

३. धनगढी उप महा नगरपालिकाबाट महिला तथा बालिकाहरुको कुरा सुन्ने छुट्टै निकायको व्यवस्था गरी, एउटा फोन नम्बरको व्यवस्था गरि सबै नागरिकहरुलाई जानकारी दिईयोस् । कम्तिमा एक जना मनोविमर्ष कर्ताको व्यवस्था गरि उसको काम र कस्तो अवस्थामा उसलाई फोन गर्नु पर्दछ भन्ने बारे स्पष्ट बनाउने तवरको सुचना समुदायमा पुर्याईयोस् ।

४. घर टोल सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला र बालिका माथि हुने हिंसा बिरुद्धको सचेतनालाई पनि संगै लिएर जाने गरि सूचना निर्माण तथा सम्प्रेषण गर्ने व्यवस्था मिलाईयोस् ।

५. घरमा रहेका महिलाहरुको काममा सघाउने जिम्मेवारी परिवारका सबै सदस्यहरुको हो, यस्मा परिवारको पुरुषको विशेष जिम्मेवारी हुनु पर्छ भन्ने सुचना समुदाय तह देखि नै सम्प्रेषण गरियोस् ।

६. गर्भवती, सुत्केरी, अनि सानो बच्चा भएकी महिलाको लागि क्वारेन्टाइन स्थल देखि नै विशेष व्यवस्था, अनि राहत वितरण गर्दा राहतको समेत विशेष व्यवस्था गरियोस् ।

७. अपाङ्गता भएका महिलाहरु त्यस्तो स्थितिमा झन् बढी जोखिममा हुने हुँदा अपाङ्गता भएका महिलाहरुका लागी विशेष व्यवस्था गरियोस ्र
८. सुकुम्बशी बस्तिमा बसेका, सडकमा ब्यापार गर्ने, घरेलु श्रमिकको रुपमा काम गर्ने ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगर पालिकामा पनि ध्यानकर्षण पत्र बुझाएका छन् ।