नेपालमा कोरोना संक्रमित संख्या ५९१ पुग्यो, संक्रमितमध्ये एक चौथाइ बाँकेका

कैलाली, १० जेठ । नेपालका कूल कोरोना भाइरस संक्रमितमा एक चौथाइ त बाँके जिल्लाकै छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह ४ बजे देशका ४० जिल्लामा पाँच सय ८४ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै एक सय ४३ पुगेका हुन्। जुन नेपालका कूल संक्रमितमध्ये २४.४८ प्रतिशत बाँकेमा हुन आउँछ।

बाँकेको नरैनापुरमा एक सय १४ जना संक्रमित पुगेका छन्। शनिबार एकैदिन नरैनापुरका २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा पनि एकरएक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् ।