माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

धनगढी, १० जेठ । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । जिल्लाको बदैगोरिया गाँउपालिका वडा नम्बर ३ बुटकौवा भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा आज बिहान सोही ठाउँकी ३६ बर्षिय डम्मरा खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

यस्तै घाईते हुनेमा सोही ठाउकै १९ बर्षिय कल्पना खड्का र ९ बर्षिय सुनिल ढुङ्गाना घाईते भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईतेहरुलाई अहिले घोडाघोडी अस्पतालमा उपचारका लागी लगिएको जनाएको छ ।