मुलुकभर शुक्रबार ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं ९ जेठ । शुक्रबार एकै दिन ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो ।

नयाँ पुष्टि भएका ९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गराएका छन् ।