सीमानाकामा भोकभोकै बसेका प्रवासीलाई व्यवसायी कुँवरले खुवाए चाउचाउ र जुस
धनगढी, ८ जेठ । भारतीय सीमा नाकामा अलपत्र परेका प्रवासीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवम् समाजसेवी पुष्पराज कुँवरले पानी, चाउचाउ र जुसको व्यवस्था गरेका छन् ।
भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने प्रवासी बन्दाबन्दीले अपथ्यारो भएपछि नेपाल फर्किन खोजिरहेका प्रवासी सीमानाकामा अलपत्र छन् ।

नेपाल-भारत सीमामै उनीहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलन गरि नेपाल प्रवेश गराउने तयारी भईरहेको छ ।
भारतको मुम्बई र दिल्ली बाट बस रिजर्भ गरेर सीमा नाका गौरीफन्टाको डोकेबजार पुगेर हुन् । उनीहरु दिनभरी भोकभोकै रहेकाले कुँवरले २० पेटी चाउचाउ २० पेटी पानी र १५ पेटी जुस बितरण गरिएको बताए ।













