देशभर कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं, ७ जेठ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनानमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा संक्रमित संख्या थपिएर ४२७ पुगेको बताएको छ ।

संक्रमितमध्ये पुरुष ३५८ र महिला ६९ जना रहेका छन् । कोरोना संक्रमण देशका ३८ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ ।