सोमबार राती थप १८ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ३७५ पुग्यो
काठमाडौं, ५ जेठ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धनुसामा २, खोटाङमा १, बाँके नैनपुरमा १२, दैलेख, सुनसरी र झापामा १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।














