नेपालको नयाँ नक्सा, लिम्पियाधुरा समेत समेटियो

काठमाडौं ५ जेठ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो ।

नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रिपरिषद बैठकमा भूमिसुधारमन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् ।