बाँकेमा ४७ जना सहित एकै दिन ५३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालको विभिन्न जिल्लाबाट सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।