बच्चा सहित अलपत्र परेका ५१ जना भारतीय नागरिकलाई उद्दार गरि फ्लोरामा राखियो

धनगढी, ३ जेठ । नेपाल भारत सीमानाका नखुलेपछि अलपत्र परेका ५१ जना भारतीय नागरिकलाई उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्दार गरेका छन् ।

नेपालको विभिन्न ठाउँमा काम गर्दै आएका भारतीय नागरिक बन्दाबन्दीमा फसेको ५४औं दिनमा उनीहरु लुकीछिपी आफ्नो देश जान थालेपछि भारतीय एसएसवीले पुनः नेपाल फिर्ता पठाउँदा उलपत्र परेका हुन् ।

अध्यक्ष कुवरले भने ‘राती १० बजे बच्चा सहित अलपत्र परेको देखेपछि सोधीखोजी गरि फ्लोरा होटेलमा बसाएको हुँ । उनीहरुलाई खाना बस्नको व्यवस्था गरेको छुँ ।’

सीमानाका कहिले खुल्ने निश्चित नभएको हुँदा उनीहरुको व्यवस्थापनको लागि नगरपालिकासंग समन्वय भईरहेको अध्यक्ष कुँवरले बताए ।
अलपत्र परेका भारतीय नागरिकहरु १५ जना फूलबारी, २५ जना गेटा मेडिकल कलेज, ७ जना गुलरिया र ४ जना अतरीयामा काम गर्दै आएको बताए । उनीहरु पिलिभिड र उत्तराखण्डका बसिन्दा हुन् । यी मध्ये ५ जना महिला ६ जना बच्चा सहित छन् ।

उता जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाका बन्द नै रहेकाले तत्काल सम्बन्धीत स्थानमै बस्न आग्रह गरेको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशील आफू भएकै स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरे ।