कोरोनाबाट विश्वभर तीन लाख ८ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै साढे ८८ हजार
कैलाली, २ जेठ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय ४५ पुगेको छ । ४६ लाख २८हजार ३९३ संक्रमित मध्ये १७ लाख ५८ हजार ०३९ उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ५०७ भन्दा बढीको मृत्यु भएको छ भने १४ लाख ८४ हजार २८५ संक्रमित मध्ये ३ लाख २६ हजार २४२ उपचार पछि निको भएका छन् ।
।
बेलायतमा २ लाख ३६ हजार ७११ संक्रमित मध्ये ३३ हजार ९९८ जनाको मृत्यु भएको छ । यस्तै नेदल्णण्डमा ४३ हजार ६८१ जना मध्ये ५ हजार ६४३ को मृत्यू भएको छ । यो दुई देशमा हाल सम्म निको हुनेको संख्या शून्य छ ।
यस्तै भारतमा ८५ हजार ७८४ मध्ये २ हजार ७५३को मृत्यू भएको छ भने ३० हजार २५८ निको भएका छन् ।













