कोरोना अपडेट : विश्वमा मृत्यू हुनेको संख्या तीन लाख नाघ्यो, १७ लाख सञ्चो

कैलाली, २ जेठ । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यू हुनेको संख्या तीन लाख नाघेको छ । विश्वमै तिव्रगतिले फैलिरहेको महामारीले ४५ लाख २७ हजार १२७ जना संक्रमित भईसकेका छन् ।

जस मध्ये निको हुनेको संख्या १७ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा अहिलेसम्म १७ लाख दुई हजार ११३ संक्रमित निको भएको जनाएको छ ।

कोरोना भाईरसबाट विश्वमा मृत्यू हुनेको संख्या ३ लाख ०३ हजार ४१३ पुगेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृतकको संख्या ८६ हजार ९१२ पुगेको छ।

नेपालको छिमेकी देश भारतमा ८२ हजार १०३ जना संक्रमित मध्ये २ हजार ६४९ को मृत्यू भईसकेको छ भने २७ हजार ९७७ विरामी निको भएको जनाएको छ ।