मुलुकभर स‌ंक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं १ जेठ । मुलुकभर कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार ७ जनामा संक्रमण पुष्टि पछि मुलुक भर २ सय ५० पुगेको हो । ।

सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालीका र मिथिला नगरपालिका निवासी ४० वर्षीया पुरुष र २० वर्षीया महिला, महोत्तरी, जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुषहरूमा संक्रमण देखिएको हो ।

यस्तै विहीबार नै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।