थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४३ पुग्यो
काठमाडौं ३१ बैशाख । नेपालमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको स्वाबको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको थियो।
बुधबार नै यसअघि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या २ सय ४३ पुगेको छ।













