कोरोना अपडेट : नेपालमा एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

कैलाली, ३० वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार मात्रै ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार विहान ५७ जना र साँझा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

विहान कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

यस्तै अाजा नै साँझा पर्सामा ६ महिला र १२ पुरुष गरि १८ जना, महोत्रीमा २ जना पुरुष, धनुषामा १ महिला १ पुरुष, भक्तपुरमा १ महिला र १ पुरुष, काठमाडौमा १ महिला र सर्लाहीमा १ पुरुष गरि २६ जनामा कोरोना पुष्टि भएको डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

नेपालमा हाल सम्मा कोरोना संक्रमित संख्या २१७ पुगेको छ । नेपालमा पछिल्लो दूई दिन यतादेखि लकडाउनको स्वरुप परिवर्तन भएको थियो ।