कोरोना आशंकामा श्रीमान्–श्रीमती सेती अस्पतालको आइसोलेसनमा भर्ना
धनगढी, ३० बैशाख । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा कञ्चनपुरका श्रीमान्–श्रीमती धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्।
भीमदत्त नगरपालिकाका उनीहरूमा कोरोनाको लक्षण देखिएपछि भर्ना गरिएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्रीमान् दुई महिनाअघि भारतबाट आएका थिए।
ज्वरो आउनुका साथै घाटी दुख्ने गरेपछि दुवै जना चेकजाँच गर्न अस्पताल आएका र शंकास्पद लागेपछि आइसोलेनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना परीक्षणका लागि दुवैको थ्रोट स्वाब संकलन गरी ल्याबमा पठाइएको छ।













