नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १९१ पुग्यो
काठमाडौं, ३० बैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना मानिसमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
मंगलबार थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।














