काेराेना अपडेट : नेपालमा संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना संक्रमित १३४ पुगेको छ । सोमबार थप १३ जनामा कोरोना संक्रमण देखा परेपछि नेपालमा जम्मा संक्रमित संख्या १३४ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणबाट १३ जनामा संक्रमण पुष्टि भएको हो। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार नै ११ जनामा कोरोनाको संक्रमण देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यसोधरा गाउँपालिका ८ र वुद्भभूमि नगरपालिका ७ मा १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै रुपन्देहीको समरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृति गाउँपालिका ६ मा २४, २६, २७, ३०, ३२, र ४० वर्षीय पुरुष तथा बर्दिया राजापुर ५ की ११ वर्षीया बालिकामा कोरोनाको संक्रमण देखिएको हो।













