बन्दाबन्दीको स्वरुप परिवर्तन भएपछि धनगढी बजार यस्तो देखियो (फाेटाे फिचर)

कैलाली, २९ वैशाख । कैलालीमा आजदेखि बन्दाबन्दीको स्वरुप परिवर्तन भएपछि धनगढी बजारमा चहलपहल बढेको छ ।

बन्दाबन्दीको ४९ औं दिन धनगढी बजार विहानैदेखि चहलपलह बढेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले आईतबार बन्दाबन्दीको स्वरुप फेर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको बैठकले बन्दाबन्दीको बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे गरेको निर्णयका सूची सार्वजनिक भएपछि बजार खुकुलो भएको हो ।