कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टिे, नेपालमा संक्रमित संख्या १२० पुग्यो

कपिलबस्तु, २९ वैशाख । कपिलवस्तुमा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार फेला परेका संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ ।

लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिकामा छिरेका थिए ।

कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए । यो संगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ ।